You are viewing the translated version of धारा जडानको लागि निवेदन दिनुपर्ने.
Section 56
धारा जडानको लागि निवेदन दिनुपर्ने
(१) सेवाप्रदायकबाट खानेपानी सेवा उपयोग गर्न चाहने व्यक्ति, संस्था वा निकायले अनुसूची-८ बमोजिमको ढाँचामा सेवाप्रदायक समक्ष निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि सेवाप्रदायकले निवेदकको मागबमोजिम सेवा उपलब्ध गराउन सकिने नसकिने सम्बन्धमा प्राविधिक तथा अन्य आवश्यक जाँचबुझ -गर्नेछ।
(३) उपनियम (२) बमोजिम जाँचबुझ गर्दा सेवा उपलब्ध गराउन सकिने भएमा सेवा उपलब्ध गराउँदा प्रयोग हुने सामग्रीको लागत रकम र आयोगले निर्धारण गरेको धारा जडान शुल्क जम्मा गर्न निवेदकलाई पन्ध्र दिनको सूचना दिनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम शुल्क जम्मा गरे पश्चात सेवाप्रदायकले त्यस्तो व्यक्ति, संस्था वा निकायको नाम उपभोक्ताको सूचीमा समावेश गराई निजलाई सात दिन भित्र सेवा उपलब्ध गराउनु पर्नेछ।